Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

‘तिम्रै दिलको दरबारमा बस्ने मेरो मन छ’ गित सार्वाजनीक

दैलेखः नेपाली लोकदोहोरी गित तिम्रै दिलको दरबारमा बस्ने मन्छको भिडियो सार्वाजनीक भएको छ । मनोरन्जनात्मक र भावनात्मक रुपमा तयार भएको यो गितको छायाँकन दैलेखका पर्यटकीय क्षत्रलाई समेटिएको देख्न सकिन्छ ।

दैलेखलाई समेटिएर छायाँकन भएको गितले दैलेखका पर्यटकिय क्षत्रलाई प्रचार–प्रसार गरेको छ । पछेल्लो चरण धेरै जस्तो म्युजिक भिडियोहरु ठुला–ठुला होटेलको आगनमा तयार हुने गरे पनि यस गितको भिडियो भने प्रयटकिय क्षेत्रलाई समेटेर तयार भएको छ ।

जिल्लाको पर्यटकीय एवं धार्मिक स्थलहरु बेलासपुर, पञ्चदेवल, डुंगेश्वर लगाएतका स्थानमा छायांकन गरिएको ‘तिम्रै दिलको दरबारमा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दैलेखका कलाकार लोकेन्द्र जिसी कुमारको शव्द तथा संगीत रहेको गीत हालै सार्वजनिक भएको हो ।
गीतमा चर्चित गायिका टिका पुन र प्रेम मल्ल (आशा) ले स्वर दिएका छन् । गीतमा म्यूजिक एरेन्जर कमल सौरागले गरेका छन् । राजनकुमार बैश्यको निर्देशनमा बनेको म्यूजिक भिडियोमा कलाकारहरु प्रकाश कंडेल, सुनिता ठकुरी र हिरा विकले अभिनय गरेको देख्न सकिन्छ ।

हेर्नुहोस उक्त गितको म्यूजिक भिडियो ।

error: Content is protected !!