Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

पिसिआर परीक्षणको दायरा बढाउन माग

दैलेखः दैलेखमा कोरोना संङक्रमण बढ्न थालेपछि स्थानीय सरकारका प्रमुखहरूले पिसिआर परीक्षणको दायरा बढाउन माग गरेका छन् ।

समिक्षा कार्यक्रमा सहभागी स्थानीय सरकारका प्रमुख र स्वास्थ्य शाखाका प्रमुखहरु । तस्बिर कमल शर्मा

स्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७६÷०७७ को समीक्षा कार्यक्रममा सहभागी स्थानीय सरकारका प्रमुख र स्वास्थ्य संयोजकले ११ स्थानीय तहका प्रमुखले कोरोना महामारी तीव्र रूपमा फैलिँदै गएकाले स्वास्थ्य सेवा कार्यालय मार्फत विभिन्न स्थानीय तहमा क्याम्प नै खडा गरेर स्वाब संकलन गरी पिसिआर परीक्षण गर्नु पर्ने माग राखेका हुन ।
नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले नगरपालिका बाट अहिले सम्म दुई हजार किट खरिद गरेर नगरपालिकाका नागरिकलाई निःशुल्क पिसिआर परीक्षण गरेको भए पनि स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार किट उपलब्ध गराएको भए पनि सेवा शुल्क स्वास्थ्य कार्यालयले लिएको बताउनुभयो ।

उहाँले हामीले स्थानीय सरकार बाट सक्ने जति काम गरेका छौ । प्रदेश सरकार र सङ्घीय सरकार बाट पर्याप्त मात्रमा सहयोग नपाएका कारण समस्यामा परेको भन्दै प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग नगरको खण्डमा स्थानीय सरकारले केही गर्न नसक्ने उहाँको भनाई थियो ।
महावु गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर शाहीले अव कोरोना संङक्रमण फैलिन बाट रोक्ने उपाय भनेको पिसिआर परीक्षणको दायरा बढाउने र लकडाउन गर्ने बाहेक अन्य विकल्प नभएको बताउनुभयो । उहाँले स्थानीय सरकारले गरेका प्रयासका कारण अहिले सम्म नियन्त्रण बाहिर गएको छैन ।

स्थानीय सरकार पनि लागिरहेका छन् प्रदेश सरकारले आवश्यक स्वास्थ्यकर्मी पठाएर प्रत्येक व्यक्तिको पिसिआर नगरे सम्म समस्या रही रहने बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालय प्रमुख डा ः निरञ्जन पन्तले कोरोनाको लक्षण देखिएका बिरामी समेत जानकारी नदिएर सहजै स्वास्थ्यमा ओपिडीमा आउने गरेका कारण चिकित्सक समेत कोरोना संङक्रमण भएको बताउनुभयो । उहाँले विभिन्न माध्यम बाट नागरिकलाई सचेत गराउँदा समेत नागरिक संवेदनशील नहुने गरेका कारण समस्या भएको बताउँदै स्वास्थ्य कार्यालय समेत बन्द गर्नु पर्ने अवस्थामा पुगेको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक डाः रविन खड्काले स्थानीय सरकारले कोरोना महामारीमा गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा समेत प्रभावकारी काम गर्ने सरकार प्रमुख सँग आग्रह गर्नुभएको छ ।

उहाँले जेठ ४ गते सम्म ग्रिन जोनमा रहेको कर्णाली प्रदेशमा अहिले संङक्रमितको संख्या ६ हजार को सेरोफेरोमा पुगेको भन्दै नागरिकलाई सजग गराए मात्र कोरोना नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो प्रत्येक स्थानीय सरकारले आइसोलेसन निर्माण गरौँ, स्वाब दिएपछि कसैको समर्पकमा आउन नदिऔँ,संङक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसौँ,त्यो गरेको खण्डमा कोरोना नियन्त्रण हुन्छ ।