Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

चलिरहेको मोटरसाइकलमा आगलागी

 दैलेखः  नारायण नगरपालिका वार्ड नं. ९ मा गुडिरहेको आर.एस. २०० सि.सि.को बजाज कम्पनीको मोटरसाइकलमा आगलागी भएको छ ।

दैलख महाबु गाउ पालिका १ बस्ने गोकुल थापाकाे बा.७० प १६१९ नं.को मोटरसाइकलमा सुर्खेत देखी दैलेख तर्फ आउदै गर्दा नारायण ९ स्थित मौलाडाँडा नजिक चलिरहेको अबस्थामा एक्कासी इन्जिनमा आगलागी भई मोटरसाइकल पुर्णरुपमा क्षती भएको छ । चालक थापा सकुसल रहेको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख अनुपम श्रेष्ठले बताए ।

error: Content is protected !!