Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा

दैलेखः दैलेख जिल्लाको आठविस नगरपालिका वडा नं. १ रामघाट स्थित कर्णाली राजमार्गमा शंकास्पत अवस्थामा हिडीरहेका २ जनालाई प्रहरी चौकी पालतडाले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेख मातहतमा रहेको पाल्तडाबाट प्रहरी सहायक निरिक्षक (असई) थुम बहादुर घर्तीको कमाण्डमा स्थानिय बजारमा गस्ति खटि गएको अवस्थामा शुक्रबार साँझ ७ बजेतिरको समयमा आठविस नगरपालिका वडा नं. १ रामघाट दैलेख स्थित कर्णाली राजमार्गमा शंकास्पद अवस्थामा संगै हिँडिरहेका २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा न. १३ गुमानटार बस्ने बर्ष ३०को दिपेन्द्र कुमार घर्ति र विरेन्द्रनगर नगरपालिका वडा नं.३ एरीचोक बस्ने वर्ष २० कि आरोशी पुलामी मगरलाई शंकास्पत देखेर खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको लेखिएको झोलाभित्र रहेको रातो रंगको प्लाष्टिक भित्र प्रिगाम्याक्स ७५ लेखिएको २ पत्तामा १०÷१० ट्याब्लेट र १ पत्तामा ४ ट्याब्लेट गरी २४ ट्याब्लेट,स्पासपेन लेखिएको २ पत्तामा १०÷१० ट्याब्लेट गरी २० ट्याब्लेट र डि–कफ लेखिएको १ पत्तामा १८ ट्याब्लेट र रु.२० को नेपाली नोट भित्र सेतो पलाष्टिकमा राखिएको ५ मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने खैरो पदार्थ फेला परेको ले उनिहरुलाई नियन्त्रणमा लिई उनिहरुलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।