Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

राजनीति संगै उद्यमशील बन्दै वडा अध्यक्ष रेशम बहादुर थापा


दैलेख  :  देशका राजधानी मात्र होइन दुर्गम गाउँमा समेत पछिल्लो समय धेरैले राजनीतिलाई खेतीपाती बनाएका छन् । राजनैतिक दलको आडमा उपभोक्ता समितिमा बस्ने,योजना हाल्ने र योजनामा आफू अनुकलनको समिति निर्माण गरी राजनीतिलाई कमाई खाने भाँडो बनाइ रहेको बेला दैलेखको नारायण नगरपालिका वडा नः २ का वडा अध्यक्ष रेसम बहादुर थापाले भने राजनीति मार्फत समाज सेवा सँगै उद्यमशिलतमा जोडेर अगाडी बढिरहेका छन ।

बिहान चार बजेको आलरामको घण्टी बज्छ ,घण्टि बजेपछि उठेर हातमुख धोएपछि हातमा कोदालो लिएर बारीमा जाने र ९ बजे सम्म वारीको काममा व्यस्त हुने त्यस पछि १० बजे खाना खाएपछि वडा कार्यालयमा जनताको सेवा गर्ने र चार बजे घरमा गएर पुन बारीमा जाने यो दैनिकीमा आफूहरू हिँडेपछि कसैले पैसा देला र खाउँला भन्ने अन्त्य हुने उनको विश्वास छ ।
२०४० सालमा टेष्टपास गरेर घर नजिकैको जनता आधारभूत विद्यालयमा अस्थायी शिक्षकका रूपमा काम गरे पश्चात् २०४५ सालमा स्थायी भएका थापाले २०७३ सालमा शिक्षण पेसा बाट अनिवार्य अवकाश भएर राजनीतिमा लागेका उनी आफ्नै घरमा बारीमा चार बिगाहा भन्दा बढीमा तरकारी खेती गरिरहेका छन । उनले टमाटर,आलु,प्याज,लगायत हिउँदे तथा बर्से सिजनका तरकारी खेती गर्दै आएका छन ।

सिँचाइको पनि राम्रो व्यवस्था रहेकाले कचिला क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने गरेको उनले बताए । उनले राजनीतिमा लाग्नु अघि शिक्षक सङ्गठनमा काम गरे त्यसपछि अनिवार्य अवकाश पछि राजनीतिलाई निरन्तरता दिँदै पाँच वर्ष वर्षदेखि तरकारी खेतीमा व्यस्त हुने गरेको छु ।

थापाले वार्षिक करिब रु १० लाख तरकारी खेतीबाट आम्दानी गर्दै आएका छन । उनले अहिले एक याममा तीन चार लाख आम्दानी गर्ने गरेको बताए । अहिले आलु ६, टमाटर पाँच र प्याज, खुर्सानीलगायत अन्य तरकारी गरेका छन ।

वडा अध्यक्षमा निर्वाचित भएपछि गाउँका अन्य किसानलाई समेत प्रेरणा दिन आफूले व्यावसायिक रूपमा तरकारी खेती गर्ने गरेको बताए । उनले आफू पनि उद्यमशील बन्न नसकेसम्म समृद्धिका भाषणले मात्र सार्थकता नपाउने उनको भनाइ छ ।
हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौँ, उहाँले भने तर भाषणले मात्रै समृद्ध बनाउन नसकिने भन्दै त्यसका लागि आफै पनि उद्यममा जोडिनु पर्छ ।उनले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने भन्दै राजनीतिकर्मीले पनि आम नागरिक जस्तै गरी जीवनयापन गर्नुपर्ने बताए ।

परिवार चलाउन तरकारी खेती गरेका उनले मुलुकलाई समृद्ध बनाउन राजनीतिलाई पनि सँगसँगै अन्य पेशा व्यवसाय गर्नु पर्ने बताए । राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने छैन उनले भने जीविकोपार्जनका लागि आफ्नो काम गरेर पनि देश विकासमा अगाडि बढ्न सकिन्छ ।