Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

थप दुई हजार भत्ता पाउने भएपछि राउटे समुदाय खुसी


दैलेख  :  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जङ्गलमा घुमन्ते जीवन बिताइरहेका राउटे समुदायलाई कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपियाँ भत्ता दिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले घोषणा गर्नु गरेका छन । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमा पुग्नुभएका मुख्यमन्त्री शाहीले सरकारले दिने भत्तामा थप दुई हजार भत्ता दिने घोषणा गरेका हुन ।

सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी,प्रदेश सभा सदस्य अम्मर बहादुर थापा,गुराँस गाउँपालिकाका अध्यक्ष खेमराम ओली सहित बस्तीमा खाद्यान्न वितरण गर्न पुग्नु भएका मुख्यमन्त्री शाहीले यस्तो घोषणा गरेका थिए ।
लोपोन्मुख राउटे समुदायका नागरिकहरूले सङ्घीय सरकार मार्फत लोपोन्मुख जाती अन्तरगर्त मासिक ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् । राउटे समुदायका नागरिकलाई सङ्घीय सरकारले प्रदान गर्दै आएको ३ हजार रकमले अभाव भएको भन्दै राउटे समुदायले सरकार सँग भत्ता बढाई दिन आग्रह गरेपछि मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारमार्फत थप २ हजार रुपैयाँ भत्ता प्रदान गर्न घोषणा गरे सँगै अबदेखि राउटेले मासिक रूपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउनेछन् ।

मुख्यमन्त्री शाहीले सङ्घीय सरकार र प्रदेश सरकारले दिने गरेको भत्ता बाट पोषण युक्त खाना खान आग्रह गरेका छन । उनले राउटे समुदायलाई भन्नुभयो प्रदेश सरकारले दिने थप २ हजार भत्ता मदिरा सेवनमा खर्च नगर्नु सरकारले दिने भत्ता कपडा किन्न र पोषणयुक्त खाना किन्न मात्रै खर्च गर्न आग्रह गरे ।

फिरन्ते रूपमा जीवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिलाई गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गरी उनीहरूलाई आफ्नै स्थायी नागरिक बनाउने गरी परिचयपत्र दिएको भए पनि राउटेले नमानेका कारण नेपाली नागरिकता दिन समेत नसकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष खेमराज वलीले उनीहरूलाई स्थायी बसोबासका उपयुक्त स्थान खोजी गरी घर निर्माण गरी हस्तान्तरण गर्ने योजना भए पनि उहाँहरु नै नमान्ने गरेका कारण समस्या हुने गरेको बताए ।

राउटे समुदायले भने आफूहरूलाई घर भन्दा पनि भत्ता दिए पुग्ने बताएका छन् । राउटे समुदायका युवा दीपक शाहीले आफूहरूलाई सरकारले भत्ता दिए पुग्ने बताउनुभयो । उहाँले हामी जङ्गलमा बस्ने हो हामीलाई घर चाहिँदैन आफ्नो परम्परा हिँड्न दिने र खान दिने गरे पुग्छ । राउटे समुदायमा एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सोकेस दैलेख मार्फत राउटे परियोजना सञ्चालित छ ।

परियोजना मार्फत तीन जना कर्मचारी खटिइएका छन् । एक जना अहेव र दुई जना जोडी शिक्षक समुदायमा कार्यरत छन् । अघिल्लो आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले प्रत्येक राउटे समुदायलाई चिसो बाट बच्न कोट सिलाएर दिए पनि राउटेले आफूहरूले नलाउने भन्दै रक्सीमा बेचेको समेत पाइएको थियो ।