मन्त्रीहरुलाई राजिनामा नदिन प्रधानमन्त्रीको निर्देशन
उनले नेपाल समूहबाट तीनजनालाई स्थान दिने तयारी गरेका बेला ओलीले आफू निकट मन्त्री दल रावल र नन्दसिंह बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएको पार्टी स्रोतले बतायो। यता मन्त्री रावलले आइतबार सामाजिक सञ्जालमा भनेका छन्,‘ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’ स्रोतका अनुसार रावल र बुढालाई मुख्यमन्त्री शाही पक्षबाट राजीनामा दिन दबाब आएको छ।