विजया दशमी तथा शुभदिपावली सबैको शुभ राहोस
नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा मेरो कर्णाली अनलाईन डिजिटल पत्रिका संचालक टिमको तर्फ बाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइ, हाम्रा बिज्ञापन दाता, पाठकहरुमा सुस्वास्थ्य, प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौ ।
यस वर्ष हामी, कोभिड–१९ महामारीको भूमरी बीच बडादशैं–२०७७ लाई स्वागत गरिरहेका छौं । यो विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य छौं । सतहमा सबै स्वस्थ देखिन्छौं, फेरि पनि कुनबेला ओछ्यानमा पर्नुपर्ने हो र अलग–अलग थन्किनु पर्ने हो, टुङ्गो छैन । हामी सन्त्रासका बिचमा छौँ । ।
बडा दशैंलाई विभिन्न बर्ष, फरक–फरक परिस्थितिका बीच हामीले विगत देखी मनाउँदै आएका छौं । महाविनाशकारी भूँइचालो जाँदा त्रिपालमुनी बसेर पनि दशैं मनाऔ यस पटक भने हामी धेरै जम्मा भएर दशै मनाउने सक्ने अवस्थामा छैनौ । त्यसले हामी जहाँ छौ त्यही बाट दशैलाई हर्ष उल्लासका साथ मनाऔँ ।
तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ ।
अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । आफ्ना मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिदाँ हुनसक्ने संभावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन हामी सबैमा आग्रह गर्न चाहन्छु । दशैंको मुखमा दैलेखमा यस महामारीले उग्र रुप लिदै छ । यो विषम परिस्थीतीलाई ख्याल गरेर दशै तिहार र छठ पर्वहरु मनाऔँ । आफु पनि बचौँ र अरुलाई पनि बचाउँ ।