Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन दैलेखको अध्यक्षमा शैलेश शर्मा निर्वाचित


दैलेख  :  प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल दैलेखको अध्यक्षमा ईन्जिनिएर शैलेस शर्मा निर्वाचित भएका छन । दैलेख सदरमुकाममा भएको प्रोग्रेसिभ इन्जिनियरिङ्गहरुको जिल्ला एकता भेलाले कमिटिको घोषणा गर्दै शैलेस शर्मालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी शुभेच्छुक भातृ संस्थाका रुपमा रहेको प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल(पिन) को अध्यक्षमा शर्मा सहित २१ सदस्यीय कार्य समिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा ई.देबेन्द्र भट्टराई सचिवमा ई. नरेन्द्र भट्ट,कोषध्यक्षमा ई.नगेन्द्र थापा संचिवालय सदस्यमा ई.हरि बहादुर शाही,ई. देबेन्द्र बहादुर सिह,ई योगेन्द्र बुढा र सदस्यहरुमा ई. सुनिता मिश्र,ई.राधा हमाल,ई,पुजा सापकोटा,ई.विशेष शर्मा,ई.नविन थापा,ई. रविन्द्र भट्टराई,ई.पवन कुमार कार्की,ई.विकास बिष्ट,ई.निकिता थापा,ई.संगिता थापा,ई.रमेश सलामी मगर,ई. निरक खड्का,ई. रणदिप खाण,ई. इश्वरर शाही रहेका छन ।
समितिको सल्लाहकार ई. बालदिप शर्मा,ई. सुरेन्द्र शर्मा,ई. हिक्मत लम्साल,ई. फुलमान तामाङ निर्वाचित भएका छन । प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपालका सचिव टिकाराम पोखरेल र अध्यक्ष रामचन्द्र बिसीले हस्ताक्षर गरेको बिज्ञप्तीमा उक्त कार्य समितिको घोषणा गरिएको छ । लामो समय ईन्जिनिएर पेशामा संलग्न भएका शर्माले पहिलो पटक जिल्लाको नेतृत्व पाएका छन ।