Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

डोल्पा अस्पतालमा पहिलोपटक भेन्टिलेटर जडान


डोल्पा  :  जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटर जडान गरिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पहिलोपटक एक थान भेन्टिलेटर र एक थान अक्सिजन कन्सिनेट्रर जडान गरिएको अस्पतालले जनाएको छ ।

प्रदेश सरकारको सहयोगमा भेन्टिलेटर प्राप्त भएको अस्पताल प्रमुख डा सिजन रावलले जानकारी दिए । सुविधासम्पन्न अस्पतालमा मात्र राखिने महँगो मूल्य पर्ने भेन्टिलेटर दुर्गमका अस्पतालमा जडान गरिनु जिल्लावासीका लागि सुखद कुरा भएको डा। रावललको भनाइ छ ।

भेन्टिलेटर जडानपछि श्वास–प्रश्वासमा समस्या भएका बिरामीहरूको उपचारमा सहज हुने अस्पतालले जनाएको छ । भेन्टिलेटर जडान भए पनि सदरमुकाम दुनैमा सञ्चालित विद्युतको भोल्टेज न्यून आउने हुँदा सञ्चालन गर्न समस्या भएको अस्पतालका डा‍‍। रमेश बुढाले बताए ।

विद्युतको भरपर्दो सुविधा नभएकाले भेन्टिलेटर सञ्चालन गर्नका लागि विद्युतबाट चल्ने अक्सिजन कन्सिनेट्ररभन्दा अक्सिजन सिलिन्डर भरपर्दो हुने डाक्टर बुढाको भनाइ छ । अहिले जिल्ला अस्पतालमा एउटा पनि अक्सिजन सिलिन्डर नभएको अस्पतालले जनाएको छ । नयाँ पत्रिकाबाट