Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

थप १०३ जनामा संङक्रमण पुष्टि ,१३४ जना डिस्चार्ज

..


दैलेख : कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एकसय तीन जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला ७०, दैलेखमा २३, रुकुम पश्चिममा आठ र कर्णाली प्रतिष्ठान जुम्लामा दुई गरी एक सय तीन जनामा कोरोना पुष्टि भएको सामािजक विकास मन्त्रालयले जानकारी दिएको छ ।

पुष्टि हुनेमध्य जिल्लागत आधारमा सबैभन्दा बढी सुर्खेतका ५१, दैलेखका २७, रुकुमपश्चिमका आठ, सल्यानका सात, कालिकोटका चार, हुम्लाका तीन र अन्य प्रदेशका तीन जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार एक सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १३४ जना डिस्चार्ज भएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको संख्या तीन हजार आठ सय ६२ पुगेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

error: Content is protected !!