Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

ड्युटीमा रहेका असईको घाँटी रेटेर हत्या, जवान अझै बेपत्ता


कैलाली  :  नेपाल भारतको दशगजा क्षेत्रमा प्रहरी सहायक निरीक्षक (असई)को घाँटी रेटेर हत्या भएको छ। कैलालीको धनगढी उप–महानगरपालिका–१० जुगेडाको सीमा क्षेत्रमा असईको हत्या भएको हो।

सीमा क्षेत्रमा शनिबार राति ड्युटीमा खटिएका बेला जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्या गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद भने फेला परेका छैनन्।

मृतक विकको घाटीमा धारिलो हतियारको चोट देखिएकाले तस्करहरुले घाँटी रेटेर हत्या गरेको प्रहरीले आशंका गरेको छ। विकसँग रहेको हतियार((पेस्तोल) अझै फेला नपरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिंहले जानकारी दिए।

 

मृतक विकको घर कञ्चनपुरको पुनर्वास नगरपालिका हो। बेपत्ता साउदको घर अछामको बान्निगढी गाउँपालिका रहेको प्रहरीले जनाएको छ। शनिबार राति करिब ८ बजे नियमित गस्तीमा गएका दुवैजना मध्यरातसम्म पनि नफर्किएपछि खोजि सुरु गरिएको थियो। बेपत्ता भएकामध्ये असई विकको शव प्रहरीले आइतबार बिहान सीमा नाकास्थित मोहना नदीमा फेला पारेको थियो।