Loading... आजः शुक्रबार, माघ ९, २०७७
Trending

कारोना संक्रमित राप्रपा अध्यक्ष थापा आइसियूमा

 

काठमाडौं :  कोरोना संक्रमित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। उनलाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

error: Content is protected !!