Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

शक्तिपिठहरुमा लाग्ने मेला र भिडभाड रोक्न प्रशासनले जारी ग¥यो निषेधाज्ञा


दैलेख  :  बिजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्लाका विभिन्न शक्तिपिठहरुमा लाग्ने मेलाहरु यो वर्ष संचालन नहुने भएका छन । कोरोना भाइरस संङक्रमणको दर बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लामा रहेका धार्मिक शक्तिपिठहरुमा निषेधाज्ञा लागु गरेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सर्व साधारणको भिड धेरै हुने ठाउँमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले निषेधाज्ञा लागु गरेको निर्णय गरेको छ ।

केन्द्रले कोरोना संक्रमण फैलिन नदिन र उच्च सर्तकता अपनाउन ११ वटै स्थानीय तहहरुका सबै वडाहरुमा रहेका शक्तिपिठ तथा मन्दिरहरुमा पूजारीले गर्ने नित्य पूजा बाहेक बलिबध तथा भीडभाड गरि दर्शन आदिका लगि प्रवेश गर्न नमिल्ने गरी निषेधाज्ञा लागु गरिएको जनाएको छ ।  केन्द्रले प्रभावकारी अनुगमन गरी मापदण्ड पालना नगर्ने व्यवसायलाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।