Loading... आजः आइतवार, अशोज १०, २०७८
Trending

ठाटिकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीलाई कोरोना सङ्क्रमण पुष्टि

दैलेख :  ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । छाति दुखेपछि बुधबार स्वाव परिक्षणका लागि दिइएकोमा आज (शुक्रबार) कोरोना पाजेटिभ देखिएको हो ।

अध्यक्ष शाहीले सदरमुकाम दैलेखस्थित कोरोना अस्थाई अस्पतालमा आइसोलेसनमा बसिसकेको जानकारी दिए । उनले ‘अहिले नाक, टाउको दुखेको र रुघा लागेको बताए । उनले अरू स्वास्थ्य अवस्था सामान्य नै रहेकाले कोरोनालाई सहजै जित्न सक्नेमा विश्वस्त रहेको शाहीले बताए ।

यसबीचमा आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई सतर्क रहन र केहि लक्षण देखिएमा कोरोना परिक्षण गराएर आइसोलेशनमा बस्न शाहीले आग्रह गरेका छन् । दैलेखमा गाउँपालिकाका अध्यक्ष भरीमा पहिलो र जनप्रतिनिधिमा दोस्रोमा उनीमा कोरोना संङक्रमण पुष्टि भएको हो । यो भन्दा अघि नारायण नगरपालिकाकी उप प्रमुख साबित्री मल्ल र गुराँस गाउँपालिकाकी उपाध्यक्ष दिपा बिसीलाई कोरोना देखिएको थियो ।

error: Content is protected !!