Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

कर्णालीका मुख्यमन्त्रीसहितको टोलीले प्रचण्ड–माधवलाई खुमलटारमा भेटे

काठमाडौं  :  कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित ५ जनाको टोलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहिबार भेटको छ। यसअघि कर्णाली प्रदेश सरकारमा देखिएको राजनीतिक विवाद समाधानका लागि काठमाडौं आएको टोलीले बिहिबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेर विवादबारे ब्रिफिङ गरेको हो। त्यसक्रममा अध्यक्ष प्रचण्डले कर्णालीबाट आएका मुख्यमन्त्रीसहित ५ जना नेताहरुलाई छुट्टाछुट्टै भेट गरेका हुन्।
अध्यक्ष प्रचण्डसँगको भेटपछि प्रदेश सांसद चन्द्रबहादुर शाहीले पार्टीका शीर्ष नेताहरूबाट विवादबारे बुझ्ने इच्छा जनाएपछि आफुहरु खुमलटार पुगेको बताएका छन्। हामीलाई पार्टी कार्यालयबाट चिठी पठाएर काठमाडौं बोलाइएको थियो उनले भने त्यही भएर हामी आएका हौं, पार्टी नेतृत्वले विवाद समाधानका लागि बोलाएपछि भेटेका हौं।

साढे १२ बजे खुमलटार पुगेका उनी १० मिनेटपछि बाहिरिएका थिए। पार्टीमा देखिएको विवाद समाधानका लागि नेताहरुले बुझ्नुलाई स्वभाविक मान्‍नुपर्ने उनको भनाइ छ । बिहीबार भएको प्रचण्ड–नेपालसँगको भेटमा भने ओली पक्षका सांसद कँडेल सहभागी थिएनन्

तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने भोलि (शुक्रबार) मात्रै भेट हुने भएको छ। आज मन्त्रिपरिषद् बैठक लगायतका कारणले कर्णालीको टोलीले समय नपाएको स्रोतले बताएको छ। कर्णाली प्रदेशबाट काठमाडौं आएका एक नेताले भने ‘प्रधानमन्त्रीले अहिलेसम्म हामीलाई बोलाउनुभएको छैन, सम्भवत भोलि भेट हुनसक्छ । काठमाडौं आउनेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, विवादपछि प्रमुख सचेतकबाट हटाइएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला र सांसदद्वय चन्द्रबहादुर शाही र यामलाल कँडेल छन्।

बुधबार प्रधानमन्त्री ओलीले एकलौटी ढङ्गबाट मन्त्रिपरिषद् विस्तार गरेपछि रुष्ट बनेको प्रचण्ड–नेपाल समुहले त्यसको भोलिपल्टै कर्णाली प्रदेशका मुख्यमन्त्रीसहितको टोलीलाई छुट्टै भेट्नुलाई महत्वका साथ हेरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री शाही स्वेच्छाचारी भएको आरोप लगाउँदै नेकपाकै १८ जना सांसदले पार्टीको संसदीय दलमा हस्ताक्षर बुझाएपछि विवाद उत्कर्षमा पुगेको थियो।

error: Content is protected !!