Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

वडा कार्यालय भवनको सिलान्यास

दैलेख :  जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर पाँचको वडा कार्यालय निर्माणका लागि भवनको सिलान्यास गरीएको छ । वडा कार्यालय भवनको सिलान्यास गाउँपालिका अध्यक्ष प्रेमबहादुर वुढाले गरेका छन ।
भवन सिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले जनतालाई सुबिधा सम्पन्न भवन बाट सेवा दिने उद्धेश्यले वडा कार्यालय निर्माणको काम सुरु गरीएको बताए ।

सिलन्यास कार्याक्रममा गाउँपालिकाकी उपाध्यक्ष पदम कुमारी बिष्टले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि सबै वडा कार्यालय निर्माण गर्ने बताइन । उनले हामीले पहिलो पाँच नम्बर वडा बाट गरेका छौ सबै वडामा भवन आफ्नै कार्यकालमा निर्माण हुने बताईन । वडा कार्यालय भवन ५० लाखको लागतमा निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए ।

error: Content is protected !!