Loading... आजः बिहिबार, कार्तिक ११, २०७८
Trending

संङक्रमितको कुल संख्या एक लाख १७ हजार ९९६ पुग्यो

नेपाल भर थप दुई हजार ३६८ सङ्क्रमित,

काठमाडौं : नेपालमा कोरोना भाइरसका दुई हजार ३६८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ९४७ वटा नमूना परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । सो संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १७ हजार ९९६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल ३६ हजार ३६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १७४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८० हजार ९५४ सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ । आइसीयूमा रहेर ३०५ जना र भेन्टिलेटरमा ७० संक्रमितको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड१९ को कारणले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

error: Content is protected !!