Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

टर्यो कर्णालीको राजनीति संकट, नेपाल पक्षथरले साथ दिँदा मुख्यमन्त्रीलाई राहत

सुर्खेत , गत आइतबारदेखि गर्माएको राजनीतिक संकट तत्कालका लागि टरेको छ । सत्तारुढ नेकपाका १८ सांसदले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि राजनीतिक तनाव शुरु भएको थियो ।

मुख्यमन्त्री अल्पमतमा परेपछि प्रदेश सरकार नै ढल्न सक्ने अनुमान धेरैको थियो । एक्काशी प्रदेशदेखि केन्द्रसम्मै धक्का दिएको अविश्वासको प्रस्तावले अन्तत केही समयका लागि टरेको हो ।

माधव नेपाल पक्षधर सात जना सांसदहरुले अविश्वासको प्रस्तावबाट व्याक भएपछि मुख्यमन्त्रीलाई राहत भएको छ । नेपाल पक्षधरका सात जना सांसद छन् ।

नेपालले केन्द्रबाटै निकै दवाव दिएपछि तत्कालका लागि अविश्वासको प्रस्तावबाट व्याक हुनु परेको नाम उल्लेख नगर्ने शर्तमा एक सांसदले भने, ‘नेपालले नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीलाई नै सुर्खेतमा पठाएर छलफल गराउनु भयो त्यसले पनि धेरै दवाव भएपछि अन्तत व्याक हुनुप¥यो ।’

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आज १ बजे प्रदेश सभामा बैठकको आह्वान गरिएको थियो । तर नेपाल पक्षधर सांसदहरु बैठकमा सहभागी नभएपछि शाहीविरुद्धको प्रस्ताव अल्पमतमा परेको हो । नेकपा कर्णालीका सहइन्चार्ज समेत रहेका प्रदेश सभा सांसद यामलाल क‌ंडेलकाे अगुवाइमा मुख्यमन्त्री शाही विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गराइएकाे थियाे ।

नेपाल पक्षधरलाई मुख्यमन्त्रीतर्फ समर्थन गराउन र अविश्वासको विपक्षमा उभ्याउन भने आचार्य सफल भएका छन् । पूर्व माओवादी खेमाका १२ मध्ये ३ जनाले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए, उनीहरूलाई पनि ब्याक हटाउन पूर्व माओवादी पक्षले पहल गरिरहेको छ ।

माधव नेपाल पक्षीय एक सांसद भने आफू हस्ताक्षरमा अडिग रहेको सांसद सुशील थापाको भनाई छ । नेकपामा प्रदेश सभामा ३३ सांसद छन् । यी मध्य १८ जना मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए ।

मन्त्रीपरिषद पुनर्गठनको तयारी
मुख्यमन्त्री शाहीले नेपाल पक्षका तीन सांसदहरुलाई मन्त्री बनाउने बचन समेत दिएको एक सांसदले जानकारी दिए ।

‘मेरो नाम नखुलाइ दिनुहोला, खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने सहमति पनि भएको छ’ उनले भने, ‘सामाजिक र पर्यटन मन्त्रीलाई फिर्ता बोलाएर त्यहाँ पनि मन्त्री बनाउने कसरत गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।’ उनकाअनुसार एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने बाचा मुख्यमन्त्रीले दिएका छन् । -नेपाली रैबार