Loading... आजः शनिबार, मंसिर २०, २०७७
Trending

 सचेतक नेपालीले बोलाइन् कात्तिक ७ गते संसदीय दलको बैठक

सुर्खेत :  आफ्ना दलका १८ जना सांसदले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपनि संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाफजंग शाहलाई हटाएर नियुक्त गरेका नेकपा कर्णाली संसदीय दलकी मुख्य सचेतक सीता नेपालीले आगामी कात्तिक ७ गते संसदीय दलको बैठक बोलाएकी छिन्।

मुख्यमन्त्री शाहीले सोमबार आफूबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै संसदीय दलका प्रमख सचेतक शाहलाई निलम्बन गरी उनको उत्तराधिकारीमा नेपालीलाई नियुक्त गरेका थिए।

शाहले अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि आइतबारदेखिनै मुख्यमन्त्री शाहीका कामकारवाही र निर्णयहरु अवैधानिक हुने भन्दै आफूले तय गरेको बैठक पूर्वनिर्धारित समय मगंलबारनै हुने बताएका बेला नेपालीले आगामी कार्तिक ७ गते बैठक बोलाएकी हुन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीनिकट मानिएका शाहले बोलाएको बैठकबाट आफू हट्ने देखिएपछि मुख्यमन्त्री शाहीले शाहलाई त्यसअघिनै लिनम्बन गरेको बुझिएको छ।

error: Content is protected !!