Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोरोना संक्रमित ७६ वर्षीय महिलाको मृत्यु

सुर्खेत । कर्णालीमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिलाको उपचारको क्रममा आज विहान १० बजेतिर मृत्यु भएको हो ।

कोरोना संक्रमित महिला दमसँगै पेटबाट रगत बग्ने समस्या देखिएपछि कोरोना विशेष अस्पतालमा यही असोज २१ गते भर्ना गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

ति महिलाको उपचारकै क्रममा मृत्यु भएको कंडेलको भनाई छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।