Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

शैक्षिक संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न  सैध्दान्तिक स्वीकृति

काठमाडौँ  :  नेपाल सरकारले जनस्वास्थ्य सम्बन्धी सबै मादपण्ड पूरा गर्नेगरी विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय  गरेको छ ।  त्यस्तै, २५ जनासम्म सहभागी गराएर व्यवसायिक तालिम प्रदायक संघ संस्थालाई तालिम सुचारु गर्ने अनुमति पनि सरकारले दिएको छ  . त्यस्तै, शिक्षक सेवा आयोगको अध्यक्ष तथा एक जना महिला सदस्यको कार्यकाल सकिएकाले लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयको सचिव सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने निर्णय सरकारले गरेको छ ।

सोहीअनुसार २०७७ वैशाख १४ गतेदेखि स्थगित राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरुको पदपूर्ति सम्बन्धी प्रक्रियालाई सुचारुको अनुमति पनि सरकारले दिएको छ । सरकारका प्रवक्ता ज्ञवालीकाअनुसार राष्ट्रिय सूचना प्रविधि काठमाडौंका लागि आ व. २०७७/०७८ का लागि सात र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका लागि नौ गरी जम्मा १६ जना अधिकृत स्तरका अस्थायी दरवन्दीको स्वीकृति पनि प्रदान गरिएको छ । मन्त्री ज्ञवालीले विज्ञापन बोर्डको २०७७/७८ का लागि अधिकृत स्तरको ५ जना कर्मचारीको अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय पनि भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।