Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कोरोना संङक्रमणको ग्राफ उकालो चढ्दै ,थप तीन हजार ४३९ जनामा संङक्रमण पुष्टि

काठमाडौँ :  नेपालमा पछिल्लो समय कोरोना संङक्रमणको ग्राफ दैनिक रुपमा उकालो चढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ४३९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार १६४ छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ६८ हजार ६६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमण सक्रिय भएका मध्ये २३३ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेर उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो चौबीस घण्टामा १५ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल ५७८ जनाको मृत्यु भएको जनाइएको छ ।