Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

शिक्षण अस्पताल कोहलपुरमा दैलेखका संक्रमितको मृत्यु


दैलेख :  कोरोना संक्रमणबाट नारायण नगरपालिका–८ दैलेखका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिए पछि परिवारका सदस्यले आइतवार विहान १२ः४५ बजे शिक्षण अस्पताल कोहलपुरमा ल्याए पनि उनको दिउँसो १ः३५ बजे मृत्यु भएको रेग्मीले बताए। पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको पेटको आन्द्रा फुटेको र दैलेखमा उपचार सम्भव नभएपछि मेडिकल कलेजमा उपचारका लागि ल्याएको अस्पतालले जानकारी र्दिको छ । दैलेखमा अहिले सम्म ३ जनाको मृत्यु भएको छ ।