Loading... आजः मङ्लबार, माघ ८, २०८१
Trending

समावेशी सहभागिता संविधानको सवल पक्ष सांसद बिशुङख्ये

दैलेख  प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले शासनमा समावेशी सहभागिता नै नेपालको संविधानको सबल पक्ष रहेको बताएकी छिन ।
नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० भगवतीमाई गाउँ कमिटीको आयोजनामा बेस्तडामा गरेको संविधानको महिमा विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन ।
साँसद बिशुन्केले जनआन्दोलन र बलिदानीले प्राप्त उपलब्धीहरुको रक्षा गर्न राजनीतिक दलहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता बताइन ।
कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य मायाराम अधिकारीले स्थानीय सरकार र पार्टी कमिटीको समन्वयमा काम गर्दा योजना अझै प्रभावकारी हुने सुझाव दिए ।
कार्यक्रममा भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले स्थानीय सरकारका विकास कार्यक्रमहरु पारदर्शी र जवाफदेही तरिका सञ्चालन गर्न पार्टी संगठन गतिमान गराउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन ।
नेकपा जिल्ला कमिटी सदस्यहरु मानबहादुर खड्का, पदमा शाही, चन्द्रा रेग्मी, कर्णबहादुर शाही, नरेन्द्र शाही, कृष्णबहादुर शाही, रामबहादुर नेपालीले पनि नेपालको संविधानका विशेषता र दलहरुको भूमिका विषयमा आफ्नो धारण राखेका थिए ।