Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

परिवार नियोजन सम्बन्धी जनचेतना जगाउँन आवश्यक


दैलेख  :  दैलेखमा परिवार नियोजन सम्बन्धि जनचेतना जगाउँन आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन । नेपाल परिवार नियोजन संघ र नारायण नगरपालिका स्वास्थ्य शाखाले आयोजनामा  आयोजना गरिएको कोरोना भाइरसको अवस्थामा गुणस्तरिय परिवार योजना सेवाको निरन्तरता भन्ने नाराका साथ मनाइएको राष्ट्रिय परिवार योजना दिवस २०७७ को अवसरमा सहभागीहरुले उक्त कुरा बताएका हुन ।

नेपाल परिवार नियोजन संघका जिल्ला अध्यक्ष पुर्ण बहादुर खत्रीले सबैले आफ्नो परिवार कस्तो बनाउने भन्ने विषयमा सोच्नु पर्ने बताए । उनले परिवार राम्रो भयो भने समाज राम्रो हुन्छ समाज राम्रो भयो भने देश राम्रो हुने भन्दै सबैले आफ्नो परिवारलाई सुखी बनाउनु पर्ने बताए । कोरोना महामारीका विचमा पनि नेपाल परिवार नियोजन संघले जनतालाई सेवा दिएको भन्दै संघका कार्यरत कर्मचारी सबैलाई धन्यबाद दिए ।

नेपाल परिवार नियोजन संघका प्रदेश सदस्य सिता रानाले समाजमा अहिले पनि महिला माथीको थिचोमिचो कायमै रहेको बताइन । उनले श्रीमानले श्रीमतीको इच्छा विपरित यौन सम्पर्क राख्ने र पछि गर्भ रहेपछि फाल्ने प्रवृति बढेको बताईन । नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको भएपनि प्रयाप्त मात्रमा नगरिएको बताए । उनले नारायण नगरपालिका भित्र नै २० वर्ष मुनीका किशोरीहरुले आइरन खाने गरेको बताउदै स्वास्थ्य सस्थाहरुले परिवार नियोजनका साधनहरु वितरण गर्न नसेको बताए ।

कार्यक्रममा बोल्दै नारायण नगरपालिका नगर प्रमुख रत्न बहादुर खड्काले नारायण नगरपालिका र विभिन्न निकायले परिवार नियोजन सम्बन्धी जनचेतना जगाउनु पर्ने बताए । उनले विभिन्न सस्था बाट परिवार नियोजन सम्बन्धी सेवाहरु दिदा समेत नारायण नगरपालिकामा २० वर्ष मुनिका किशोरीहरुले आइरन चक्की खाइरहनुले हामीले परिवार नियोजनका साधन वारे समुदायमा गएर जनचेतना जगाउन आवश्यक रहेको बताए ।