Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

कन्ट्रयाक्ट ट्रेसिङ गर्दा समुदायमा देखियो कोरोना


सुर्खेत :  समुदायमा कोरोना संङक्रमण भए नभएको परीक्षण गर्दा सुर्खेतका व्यापारीमा समेत कोरोना संङक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टि भएकाहरु कन्ट्रयाक्ट ट्रेसिङका आधारमा मात्रै कोरोना पुष्टि हुँदै आएकोमा पछिल्लो पटक समुदायका व्यक्तिहरुमा पनि कोरोना देखिएको हो ।

आइतवार संक्रमित हुने १० जनामध्य ८ जना समुदाय स्तरमा कोरोना पुष्टि भएका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । उनकाअनुसार आइतवार संक्रमित हुनेमा चार जना व्यापारी, एक जना प्रध्यापक र वीमा कम्पनीका कर्मचारी छन् ।

प्रदेश अस्पता/ पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सात, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा दुइ र चौरजहारी रुकुम प्रयोगशालामा गरिएको परीक्षणमा एकजनामा कोरोना पुष्टि भएको कंडेलले बताए ।
संक्रमितहरु वीरेन्द्रनगरका पाँच, जुम्लाका दुई, दैलेख, सिराह र रुकुमपश्चिमका एक/एक जना छन । यी मध्य चौरजहारीमा पुष्टि भएका काठमाडौंबाट आएको ट्रभाल्स हिष्ट्री छ भने जुम्लाका दुई जनामा कन्ट्रयाक्ट ट्रेसिङ र ट्रभाल्स हिष्ट्री दुवै नदेखिएको मन्त्रालयको भनाई छ । तर सुर्खेतमा पुष्टि भएका मध्ये अधिकाँशको कन्ट्याक्ट ट्रेसिङ पनि देखिएको छैन्