Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

एमसिसी परियोजना पारित गर्ने नेकपाको निर्णय

काठमाडौँ  : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लामो समय देखी विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी लाई अनुमोदन गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ुएमसिसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय निकालेको छ । उनले बैठकपछि भने यसबारे छिट्टै निर्णय हुनेछ। तर के संशोधन र परिमार्जन गर्ने भन्‍नेबारेमा पार्टीमा अझै छलफल हुन बाँकी रहेको श्रेष्ठको भनाई छ । श्रेष्ठ २०७६ माघ १५÷१९ को केन्द्रीय कमिटी बैठकबाट वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले दिएको सुझावसहितको प्रतिवेदनलाई ध्यानमा दिएर एमसिसीबारे निर्णय लिने पनि बताए।