Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

कोरोना प्रभावितलाई युवा आय आर्जनमा जोडिँदै

दैलेख  :  कर्णाली प्रदेशका दुई जिल्ला दैलेख र सुर्खेतका कोरोना महामारीको चपेटामा परेर रोजगारी गुमाएका युवाहरूलाई आय आर्जनमा जोडिने भएको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्केका युवाहरूले कृषि र पशुपालनमा अनुदान दिएर आय आर्जनमा जोड्न लागेको हो ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ,वीरेन्द्रनगरपालिका र गुराँस गाउँपालिकाको साझेदारीमा सञ्चालन भएको कोभिड –१९ रेस्पोन्स सोसियो इकोनोमिक रिकोभरी कार्यक्रम मार्फत गुराँस गाउँपालिका वडा नः ४,५,२,७ र वीरेन्द्रनगरपालिकाका वडा न ः १, १०,११,१२ वडाका सात सय ६१ जना युुवालई आय आर्जनमा जोडनका लागि सयक्तु राष्ट्र सङ्घीय विकास कार्यक्रम मार्फत दुई करोड ३० लाख वीरेन्द्र नगरपालिकाको ८९ लाख र गुराँस गाउँपालिकाको ५१ लाख रपिँया खर्च गरी आय आर्जनमा जोडन लागेको बताइएको छ ।

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले कोरोना कारण रोजगारी गुमाएका युवाहरूलाई उत्पादनमा जोड्नका लागि गाउँपालिकाको ५१ लाख र महिला सशक्तीकरण मञ्च नेपालको एक करोड ३० लाख गरी एक करोड ८१ लाख रकम खर्च गर्ने तयारी गरेको बताए । उनले कोरोना कारण युवाहरू गाउँमा फर्केपछि बेरोजगार भएकाहरूलाई आय आर्जनमा जोड्न लागेको बताए । उनले भने गाउँपालिकाको कृषि बजेट मार्फत साझेदारी गरिएको र उनीहरूलाई आय आर्जन सँगै उत्पादनमा जोड्न लागको छौ ।

अन्तर निर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापन विवेक शाहीले बीरेन्द्रनगरपालिकाका वडा नः १,१०,११,१२ वडाको ८९ लाख रुपिँयाँ व्यर्होने गरी ३६१ जना युवालाई आ आर्जनमा जोडनका लागि टमाटर खेती,च्याउ उत्पादन ,लसुन, आरन सुधार आलुको बिउ दिने बताए ।

महिला सशक्तीकरण मञ्चका कार्यक्रम संयोजक गणेश रावतले वैदेशिक रोजगारी बाट फर्केका र रोजगारी गुमाएका युवाहरूलाई उत्पादनमा जोड्नका लागि ती सय जनालाई बिउ बिजन दिने र एक सय जनालाई पशुपालन कुखुरा,बाख्रा र उत्पादन भएका सामाग्रीको बजारीकरणका लागि रस्टिक स्टोर निर्माण गर्ने कार्यक्रमको लक्ष्य भएको बताए । उनले सहकारीका नीति नियम निर्माण गर्ने लगायतका कार्यहरु समेत संचालन गरिने बताए ।