Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

कोरोना बाट ज्यान गुमाउनेको संख्या २७१ पुग्यो

काठमाडौँः कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा तीनसहित १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेका छन् । प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमध्ये काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला हुन् । सप्तरीका ५५/५५ वर्षीय दुई पुरुष, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्युठानका ५८ , रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । शुक्रबार १४ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।