Loading... आजः मङ्लबार, माघ १३, २०७७
Trending

रासायनिक मल नपाँदा उत्पादन घट्ने चिन्तामा किसान

दैलेख  :  चार महिना देखी बजारमा रासायनिक मलको अभाव हुँदा किसान चिन्तित भएका छन् । जिल्लामा रासायनिक मलको आधिकारिक बिक्रेता रहेको गोठपाडा कृषक सहकारी संस्था,लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र कृति देवल बहुउद्देश्यीय सहकारी संस्थाले समयमै मल उपलब्ध गराउन नसक्दा किसानहरू समस्या परेका हुन । नारायण नगरपालिका वडा नः ६ का काशीराम न्यौपानेले रासायनिक मलको अभावका कारण यो वर्ष मकै उत्पादन कम भएको र अन्य धान खेती,कोदो र तरकारी समेत कम उत्पादन हुने बताए ।

उनले मकै खेतीमा मल हाल्न नपाएरै मकै भाँचियो धान खेती र कोदो खेतीमा मल हान्ने बेला भएको भए पनि मल नपाउँदा समस्या भएको बताए नारायण नगरपालिका ३ का रामप्रसाद कोइरालाले बजारमा रासायनिक मल नआएपछि एक बोरो मलको ४० देखी ६० रुपैयाँ सम्म तिरेर मकै खेतीमा हालेको भए पनि अहिले त्यही पनि पाउन छाडेको बताए । उनले खेत रोप्न छाडेको १० वर्ष पछि कोरोना महामारीका कारण खेत रोपियो मल नपाएर समस्या भएको बताए ।
गोठपाडाँ कृषक सहकारी संस्थाका व्यवस्थापक दिनेश थापाले सहकारीले साल्ट ट्रेनिङ र कृषि सामाग्री कम्पनी लिमिटेड बाट युरिया,पोटास,डिएपी,एसएसपी मल खरिद गरेर बिक्री गरेको भए पनि विगत चार महिना देखी मल खरिद गर्ने खोजे पनि सम्भव नभएको बताए उनले साल्ट ट्रेनिङ र कृषि सामाग्री कम्पनी लिमिटेड सँग दैनिक मल आयको भनेर सोध्छौ उहाँहरूले ठेकेदारको लापरबाहीले नआएको भनेको बताए ।
जिल्ला कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलक पाण्डेले कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुक बाट रोजगारी गुमाएर फर्केकाले गाउँमा रहेको बाझो बारीमा खेती लगाउँदा यो वर्ष नै मल नपाएर किसान निराश भएको बताए ।

error: Content is protected !!