तीन वडामा फैलदै कोरोना संक्रमण,तीन वडामा संक्रमण शुन्य
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन यतिबेला कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । १६ वटा वडा रहेको बीरेन्द्रनगरपालिकामा अहिले सम्म तीन वटा वडामा संक्रमण एक्काशी बढेको छ भने तीन वडामा शुन्य छ । नगपालिकाको वडा नम्बर ३, ४ र १२ मा पछिल्लो समयमा कोरोना भाइरस व्यापकरुपमा फैलिएपछि अति जोखिममा परेको छ । बिहीबारसम्म नगरपालिकामा कूल २१९ जनामा कोरोना संक्रमण भएको तथ्याङ्क नगरपालिकासँग रहेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा अनुसार वडा नः १ मा १९ जना २ मा १५ जना,३ मा ३२ जना,४ मा २६ जना, ५ मा ७ जना,६ मा १० जना, ७ मा८ जना, ८ मा १२ जना,९ मा १३ जना,१० मा २१ जना,११ मा१५ जना,१२ मा २८ जना, १३ मा१३ जना, ४ ,१४,१५,१६ वडामा भने अहिले सम्म संङक्रमण पुष्टि भएको छैन ।