Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सरकारी गाडीमा टिकटक बनाउने सवारी चालकलाई स्पष्टिकरण

कालिकोट :  सरकारी गाडि बाट झरेर टिकटक बनाउने सवारी चालकलाई स्पष्टिकरण सोधिएको छ । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाका सवारी चालकले गाडिको दुरुपयोग गरेको भन्दै गाउँपालिकाले स्पष्टिकरण सोधेको बताइएको छ । कर्णाली प्रदेश ००१ झ ००९१ नम्बरको सरकारी गाडी गाउँपालिकामा टिकटक बनाएपछि उनलाई स्पष्टिकरण सोधेको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले जानकारी दिए ।

चालकसँग स्पष्टीकरण मागेर फेरि यस्तो हर्कत नगर्ने सर्तमा छाडिएको चौलागाईले बताए । तर अध्यक्ष चौलागाईले चालकसँग भेट नभएकाले बाँकी बुझेर थप कारवाही समेत गर्न सकिने जनाए ।