Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

कोरोना महामारीले सुनसान पर्यटकीय क्षेत्र


दैलेख  : आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने जिल्लामा रहेका धार्मिक ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरू कोरोना महामारीका कारण सुनसान बनेका छन् । विगत वर्षहरूमा जिल्लाका पञ्चकोशि क्षेत्र कोटिला,नाभिस्थान,श्रीस्थान,पादुका,धुलेश्वर,बटुक भैरव मन्दिर,पञ्च देवल,कोतडडि लगायतका क्षेत्रमा पर्यटकीय चाप हुने क्षेत्रहरू सुनसान बनेका हनु । नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले विगतमा श्रीस्थान,नाभिस्थान,लगायतका क्षेत्रमा ज्वालाको दर्शन गर्न आउने पर्यटकहरू यो वर्ष कोरोना महामारीका कारण नआएको बताए । उनले पञ्चकोशि ज्वाला क्षेत्रको दर्शन गरेमा पुण्य प्राप्त हुन्छ भन्ने उद्देश्यले र पछिल्ला समय पेट्रोलियम पदार्थको अन्वेषणको काम कसरी बढेको छ भनेर हेर्न आउने गरेका पर्यटक यो वर्षको पाँच महिना सम्म एक जना पनि नआएको बताए । श्रीस्थानमा खाजा घर सञ्चालन गरेको कृष्ण बहादुर श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटक दुवै आउन छोडेको बताए । उनले कोरोना सङ्क्रमणको जोखिम बढे सँगै जिल्लाका धामिर्क तथा पर्यटकीय गन्तव्य स्थल सुनसान बन्न लागेको बताए ।

पर्यटक आउन छोडे सँगै महन्तलाई गुजारा गर्नै मुस्किल

विश्वमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी सँगै मन्दिरमा हुने पूजा आँज रोकिएपछि मन्दिरमा बस्ने पुजारी र महन्तलाई जीविकोपार्जन गर्न समस्या भएको छ । गुठी स्थान भित्र रहेको मन्दिरका महन्तहरूले गुठी बाट उठेको रकम बाट दैनिक जीविकोपार्जन गरे पनि २०७३ साल बाट उक्त गुठीको तिरो मालपोत कार्यालयमा बुझाउन सुरु गरेको र मन्दिरमा पुजा सबै रोकिए पछि आफूहरूलाई जीविकोपार्जन गर्न समस्या भएको बताएका छन् ।
नाभिस्थान मन्दिरका महन्त इन्द्रनाथ योगीले दैनिक एक सय देखी तीन सय सम्म आन्तरिक तथा बाह्य धार्मिक पर्यटक आउने र उनीहरूले दिएको दक्षिणा बाट गुजारा गर्ने गरे पनि बन्दाबन्दीको समयमा भक्तजनहरू रोकिए सँगै आफूहरूको आम्दानी पनि रोकिएको बताए । श्रीस्थान मन्दिरका महन्त गोकर्णनाथ योगीले बन्दाबन्दीले सबै भन्दा असर आफूहरूलाई परेको बताए । उनले त्यही मन्दिर बाट उठेको रकम बाट परिवार पाल्ने गरेको भए पनि अहिले मन्दिरमा पूजा रोकिए सँगै धार्मिक पर्यटक आउन छोडेपछि आफ्नो घरमा चुल्हो समेत नबल्ने अवस्थामा पुगेको बताए ।

मुख्य नाकामा होर्डिङ

कोरोना महामारीका कारण ठप्प बनेको पर्यटन क्षेत्रलाई पुन बुझ््याउनका लागि जिल्लाका युवाहरू लागि परेका छन् । युवाहरूले जेसिसको माध्यममा जोडिएर जिल्लाका मुख्यनाकाहरुमा क्षेत्रमा होर्डिङ बोड राख्न थालेका हुन । दैलेख जसिज २०२० का अध्यक्ष प्रकाश पौडेलले जिल्लाका मुख्य ठाउँ गराँसे, डुङ्गश्वेर , बेलापुरमा लगायतका क्षेत्रमा दैलेखमा रहेका ऐतिहासिक सम्पदाहरू लाई समेटेर वोर्ड राखिएको बताए । उनले जेसिजले जिल्लाको पहिचानको लागि जिल्लामा रहेका ऐतिहासिक पुरातात्त्विक सम्पदाको पहिचानमा जुटेको बताए ।

error: Content is protected !!