Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

ठाटिकाँधका गैरा गाउँका पहिरो प्रभावितलाई राहत

दैलेख :  गत भदौ २ गते ठाटिकाँध गाउँपालिका वडा नः ४ बिशल्लाको गैरा गाउँमा गएको पहिरोको कारण प्रभावित भएका स्थानीयलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले प्रदेश सरकारले दिने राहत सामाग्री लिएर बिवतरण गुर्नुभएको उनका स्वकीय सचिव अम्मर बहादुर शाहीले बताए । । उनले पहिरो बाट प्रभावित भएका ७ वटा घर पूर्ण रूपमा क्षति,९० घर विस्थापित र ८१ घर जोखिममा रहेका परिवारलाई राहत सामाग्री वितरण गरेको बताए ।
गाउँपालिका वडा नः ४ का वडाध्यक्ष रमेश सिजापतिले सभामुख शाहीले १८० प्याक चामल,९० थान कम्मल,९० थान म्याट,६ थान त्रिपाल,९० थान झुल वितरण गरेको बताए । उनले केही सामाग्री वडाका जिम्मा ल्याएर गएको र आफूले त्यसको वितरण गर्न बाँकी रहेको बताए । उनका अनुसार पहिरोमा पुरिएर १२ वर्षीय जनक कठायत ,१३ वर्षीय लोकेश कठायतको मृत्यु भएको थियो भने टिकाराम कठायत,धन सरा काठायत,दान बहादुर कठायत रहेका थिए । वडा अध्यक्ष सिजापतिका अनुसार सभामुख शाहीले थप सहयोगका लागि प्रदेश सँग आग्रह गरेर राहत उपलब्ध गराउने प्रतिबद्धता गरेको बताए । उनले सभामुख शाहीको निर्वाचन क्षेत्र भएका कारण पन प्रदेश सरकार मार्फत वितरण गर्ने राहतमा आफै सहभागी भएको हुनसक्ने बताए ।
गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले गाउँपालिकाले पहिरो गएको भोलिपल्ट नै ९० क्विन्टल चामल,१० केजी दाल,२५ घर परिवारलाई एक सेट भाडा,१४० थान त्रिपाल,बिवरण गरेको बताए । उनले त्यो बाहेक एभरेष्ट क्लव, रेडक्रस केन्द्रिय कार्यालय काठमाडौँ लगायतका सघ सस्थाले राहत वितरण गरेको जानकारी दिए ।
गाउँपालिका वडा नः २ का वडा अध्यक्ष रुपलाल विश्वकर्माले समेत आफ्नो वडा बाढि पहिरोको जोखिममा रहेको बताए । उनका अनुसार पहिराले ठाउँ ठाउँमा समस्या बनाएर त्यस बाट २० घर प्रभावित भएको बताएका छन ।

error: Content is protected !!