Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

गुराँस गाउँपालिकाका पहिरो प्रभावितलाई नमुना बस्ती

दैलेख :  दैलेखको गुराँस गाउँपालिकामा पहिरो प्रभावितहरूका लागि घर निर्माण गरिएको छ । पहिरोले घरवारविहीन भएका नागरिकका लागि गाउँपालिकाले नमुना बस्ती बनाएको हो । गत वर्षको असारमा आएको पहिरोले वडा नं २ का १४ घरपरिवार विस्थापित भएका थिए ।

गाउँपालिकाले बस्ती स्थानान्तरण तथा बस्ती विकास कार्यक्रममार्फत वडा नं २ को डुडापोखरमा एकै ठाउँमा १४ घर निर्माण गरिएको जनाएको छ । घरको रङ्गरोगनको काम मात्र बाँकी रहेको र अबको केही दिनमै पहिरो प्रभावितलाई घर हस्तान्तरण गरिने गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । उनले लालपूर्जासहित जग्गा खरिद गरेर एकै प्रकृतिका घर निर्माण गरिएको जनाए । पहिरोका कारण विस्थापित भएका परिवारलाई पालिकाको पहलमा घरबासको व्यवस्था भएको छ । अब छिट्टै उहाँलाई हस्तान्तरण गर्छौं, अध्यक्ष वलीले भने । उनका अनुसार नमुना बस्तीका घर निर्माणमा प्रदेश सरकारको २५ लाख, गाउँपालिकाको ३५ लाख र संघीय सरकारको विशेष अनुदानमार्फत २५ लाख रूपैयाँ खर्च भएको छ । साभार