Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

जुम्लामा थपिए ४० संङक्रमित


जुम्ला :  जुम्लाका ४० जनालाई कोरोना संक्रमण भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले परीक्षण गरेको रिर्पोटमा जुम्लाका ४० जनालाई पोजेटिभ देखिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले बताए।
उनका अनुसार चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४ जना , अदालतका एक जना, तिला गाउँपालिकामा २ जना, तातोपानी गाउँपालिकाका २ जना, सिञ्जा गाउँपालिकाका १ जना, पातारासी गाउँपालिकाका १ जना, कनकासुन्दरी गाउँपालिका १ जनामा कोरोना पोजेटिभ देखिएको छ।
त्यस्तै पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जना गरी ४० जनामा संक्रमण देखिएको हो। जुम्लाका चन्दननाथ स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले जुम्ला सदरमुकाम उच्च जोखिममा रहेकोले त्रास थपिएको अस्पताल निर्देशक रावलले बताए।