Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

दैलेखमा कोरोनाका ३७ सक्रिय बिरामी

दैलेख :  गत जेठ महिनामा पहिलो पटक कर्णाली प्रदेशको आठविस नगरपालिका वडा नः १ सात्तलाका ३५ वर्षीय युवकमा देखिएको कोरोना तीन महिना १० दिनको अवधिमा १ हजार ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका ११ स्थानीय तह मध्ये सबै भन्दा बढी नारायण नगरपालिकामा ३५८ जना,दुल्लु नगरपालिकामा १५१ जना,चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ जना,आठबिस नगरपालिकामा ५२ जना,ठाटिकाँध गाउँपालिकामा २१ जना ,भैरवी गाउँपालिकामा २१ जना,महावु गाउँपालिकामा १८७ जना,नौमुले गाउँपालिकामा १५१ जना,भगवतिमाई गाउँपालिकामा १६ जना डुगेश्वर गाउँपालिकामा ७० जना,गुराँस गाउँपालिकामा १३ जना गरी १ हजार ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका तथ्याङ्क अधिकृत मोतिराम रोकायले जिल्लामा १ हजार ६२ जनामा कोरोना संङक्रमण भए पनि मंगलवार सम्म ३७ जना कोरोनाका संक्रिय बिरामी रहेको र १ हजार २५ जनाले कोरोना जितेर घर फर्केको बताए । उनका अनुसार नारायण नगरपालिकामा १३ जना चामुण्डाबिन्द्रासैनी नगरपालिकामा २ जना,दुल्लु नगरपालिकामा १५ जना , जना,भैरवी गाउँपालिकामा २ जना र ठाटिकाँध १ जना गरी ३६ जना दैलेखको आइसोलेसनमा उपचार गराइरहेको र एक जना दुल्लु नगरपालिकाका एक जना कोरोना संक्रमितको उपचार प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
पछिल्लो समय पिसिआर परीक्षणको मात्र बढाए सँगै कोरोना सङ्क्रमणको रिर्पोट आउने र सङ्क्रमण बढ्ने खतरा कम भएका कारण पनि दैलेखमा कोरोना सङ्क्रमणको दर कम भएको बताइएको छ । दैलेखमा कोरोना सङ्क्रमण बाट तीन जनाको मृत्यु भइसकेको छ ।