Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुग्यो


काठमाडौँ :  नेपालमा कोरोना संक्रमतिको संख्या झण्डै ४० हजारको हाहाहारीमा पुग्न लागेको छ । सोमवार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय ९९ जना कोरोना संक्रमित थपिए संगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले सोमवार देशभर ११ हजार १ सय २९ जनाको पिसिआर गर्दा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

आजसम्म पनि देशभरका क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेका छन्। हाल देशभर सक्रिय संक्रमित संख्या १७ हजार ८ सय २२ जना छन्।

error: Content is protected !!