जुम्लामा स्याउ उत्पादन घट्यो
जुम्ला : यस वर्ष जुम्लामा स्याउ उत्पादन गत वर्षको तुलनामा आधा नै कम हुने अनुमान गरिएको छ। दाना लाग्ने समयमा तुषारो परी नोक्सानी गरेकाले उत्पादन ५० प्रतिशत कम हुने कृषि विज्ञहरुको अनुमान छ।
चन्दननाथ नगरपालिका–१ का लक्ष्मी भण्डारी स्याउ उत्पादन कम भएसँगै आम्दानी पनि घट्ने बताए । उनले गत वर्ष बगैंचामा स्याउ टिप्न र बेच्न भ्याइनभ्याइ भएको थियो यो वर्ष स्याउ नफलेपछि आम्दानी पनि घटेको बताए ।
जुम्लाको कुल खेतीयोग्य ३९ हजार ४३५ हेक्टर जग्गामध्ये तीन हजार ७०० हेक्टरमा स्याउ खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको स्याउ सुपोरजुन कार्यालयले जनाएको छ। कृषि विकास कार्यालयका अनुसार जुम्लामा १६ हजार घरपरिवारले स्याउ खेती गर्दै आएका छन्।