नगरपालिकाले ग¥यो जनप्रतिनिधि र कर्मचारीको कोरोना बिमा
दैलेख : नारायण नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको कोरोना बिमा गरेको छ । नगरपालिकामा कार्यरत १६८ जना कर्मचारी र ५७ जना जनप्रतिनिधि गरी २२५ जनाको कोरोना बिमा गरेको नगरपालिकाले जानकारी दिएको छ ।
नारायण नगरपालिका दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेसम बहादुर बुढाले कोरोनाको हटस्पट बनेको दैलेखमा सबै भन्दा बढी सङ्क्रमित रहेको नारायण नगरपालिकामा नगरपालिकाका उप प्रमुख सहित तीन जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएर उपचार पश्चात् घर फर्के लगत्तै सबैको कोरोना बिमा गरिएको बताए । उनले कर्मचारीमा कोरोना सङ्क्रमण देखिए सँगै कार्यालयमा आएर सेवा दिन सक्ने अवस्था समेत नहुने अवस्था भए पछि जिल्लामा शाखा रहेका सगरमाथा इन्सोरेन्स र नेको इन्सोरेन्समा कोरोना बिमा गरिएको बताए ।
नेको इन्सोरेन्स जिल्ला शाखा दैलेखका प्रमुख चेतन कुमार थापाले कोरोना बिमाको अवधि एक वर्ष सम्म हुने बताए । उनले बिमा गरेको १५ दिन पछि विमतको पिसिआर रिर्पोट पोजेटिभ आई सङ्क्रमण पुष्टि भएमा कम्पननिले एक लाख रकम प्रदान गर्ने बताए ।
नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख हिमालय जङ्ग शाहले नगरपालिकाका कर्मचारी मात्र नभएर नगरपालिका भित्रका विद्यालयमा अध्यापन गराउने सबै शिक्षकको कोरोना बिमा गर्ने तयारी गरेको बताए । उनले प्रत्येक विद्यालयमा कोरोना बिमा गर्न परिपत्र पठाई सकेको बताए ।