Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

शनिबार थपिए कोरोनाका ८ सय ८४ संक्रमित


काठमाडौँ :  शनिबार देशभर कोरोनाका ८ सय ८४ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

२४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्। शनिवार मात्रै ११ हजार ५ सय १६ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ।