Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

त्रिविको वार्षिक परीक्षा दसैँ पछाडि

काठमाडौँ  :  त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दसैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

पनिकाले वार्षिक परीक्षा आफैले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो ।

नियन्त्रक पुष्पराज जोशीले अहिलेको स्थितिमा दसैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन उनले भने, अब वार्षिक अन्तर्गतका सबै परीक्षा दसैँपछि नै हुन्छन् । उनले अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने बताए।