दैलेखमा १० गते सम्म लम्बियो निषेधज्ञा
दैलेख : दैलेखमा एकै टोलका ११ जनामा कोरोना संक्रमण हुनु र हिन्दुनारीहरुको चाड हरितालीका तीजमा हुने भिडभाड र त्यस बाट कोरोना संक्रमण फैलीन सक्ने जोखिमलाई ध्यान राखेर जिल्ला प्रशासन कार्यालय दैलेखले जारी गरेको निषेधज्ञा पुन लम्बीएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले आईतबार दिउँसो दुई बजेदेखी १० गते राती १२ बजेसम्म दैलेख जिल्ला भरि निषेधाज्ञा जारी गरिएको छ । कालिकोट, जाजरकोट, अछाम र सुर्खेत सिमा निर्धारण गरेर जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको हो ।अत्यावश्यक बस्तुहरु बाहेक अरु सवै ठप्प हुने गरि विषेधाज्ञा जारी गरिएको जनाईएको छ । कोरोना भाइरसको संख्या दिनप्रतिदिन जिल्लामा बढ्दै जादा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३० तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा तोकिएको हो ।
दैलेख जिल्लामा हालसम्म १०३७ जनामा कोरोना संक्रमण देखिएको छ। भने तीन जनाको मृत्यु भइसकोके छ। निषेधाज्ञा अवधिभर बिहान६बजे देखि ८बजेसम्म र साझ६बजे देखि ८बजेसम्म तरकारी पसल खुल्न पाईने छ।औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत, फोहोर–मैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवाबाहेकका खुल्ने र अन्य कुनैपनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएको छ।