कर्णालीमा थप पाँच जनामा कोरोना संक्रमण
दैलेख : पछिल्लो २४ घण्टामा कर्णालीमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दैलेख अस्पतालमा गरिएको परिक्षणमा थप पाँच जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण हुनेहरुमा सल्यान र जुम्लाका एक–एक जना रहेका छन् ।दैलेखका तीन जनामा संक्रमण देखिएको छ । यो सँगै कर्णालीमा कोरोना भाईरस संक्रमण हुनेहरुको संख्या दुई हजार ५७ पुगेको छ । मंगलबार थप सात जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । हालसम्म कर्णालीमा संक्रमणबाट निको हुनेहरुको संख्या एक हजार नौँ सय आठ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका निमिक्त स्वास्थ्य सेवा व्यवस्थापक डा। भिष्प्रसाद पोखरेलले जानकारी दिए ।
संक्रमण पुष्टी भएका मध्ये कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने एक सय ४३ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ । देशभर ५९४ थपिए शुक्रबार देशभर पाँच सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा।जागेश्वर गौतमले शुक्रबार थपिएका सहित नेपालमा सत्रंकर्णालीमा थप ५ जनामा कारोनो संक्रमितको संख्या २५ हजार पाँच सय ५१ जना पुगेको बताए ।
हालसम्म सात हजार नौँ सय १३ जना आइसोलेसनमा रहेका छन् । शुक्रबार थप दुई सय ४० जना उपचारपछि निको भई डिस्चार्ज भएको भएका छन् । यो सहित १७ हजार ७७ जना संक्रमणमुक्त भएको डा। गौतमले बताए । जुन कुल संक्रमित मध्ये ६६।८ प्रतिशत निको भएका छन् । मन्त्रालयका अनुसार देशभर क्वारेन्टाइनमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।