Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कर्णालीमा पाँच जनामा कोरोना संक्रमण पुष्टि

दैलेख :  कर्णाली प्रदेशमा शनिवार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका तीन प्रयोगशालामा ११२ जनाको पिसिआर परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेत बीरेन्द्रनगरपालिका वडा १२ का ३७ वर्षिय पुरुष,चिन्गाड गाउँपालिका वडा नः ३ का ६५ वर्षिय पुरुष,दैलेखको डुगेश्वर गाउँपालिका वडा नः ५ का ४४वर्षिय पुरुष र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोट छेडागाड गाउँपालिका वडा नः ५का २६ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत करुणा भट्टराई बताईन । उनले कर्णालीमा कोरोना संक्रमितको संख्या १९ सय ७० पुगेको बताईन ।

शनिवार कर्णाली प्रदेशका विभिन्न आइसोलेसन बाट पाँच जना कोरोना संक्रमित उपचार पछि निको भएर डिस्चार्ज भएका छन । जनस्वास्थ्य अधिकृत भट्टराईले कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्कनेका संख्या १८ सय ६८ र ९६ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको र उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको बताईन ।