Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

समुदायमा सङ्क्रमण फैलिन नदिन हर प्रयास गरिरहेका छौ  : भण्डारी

 

रबिन्द्र भण्डारी ,स्वास्थ्य शाखा प्रमुख ठाँटिकाँध गाउँपालिका,दैलेख

कोरोना महामारीका सन्र्दभका ठाटिकाँध गाउँपालिकाले गरेका प्रयास र आगामी रणनितिका विषयमा ठाटिकाँध गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबन्द्रि भण्डारी संग गरिएको संक्षीप्त कुराकानी
आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
गाउँपालिका स्वास्थ्य शाखाबाट यस ठाटीकाँध गाउँपालिका क्षेत्रभित्र सञ्चालन गरिने स्वास्थ्यका विविध क्रियाकलापहरू सम्पादनको कार्य निरन्तर गरिरहेको समयमा विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस रोग (कोभिड १९) को सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागी देश भित्रका विभिन्न स्थान, भारत र तेस्रो मुलुकबाट यस गाउँपालिकामा आएका व्यक्तिहरूलाई क्वारेन्टाईनमा राख्ने, तथ्याङ्क अद्यावधिक गर्ने, उनिहरुलार्ई यो रोगको बारेमा जानकारी गराउने, सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने व्यवहारहरूका बारेमा स्वास्थ्य शिक्षा प्रदान गर्ने, क्वारेन्टाईनको निश्चित अवधि पुगेकाहरूको रोग परीक्षण गराउने र विविध निकायहरूमा दैनिक प्रतिवेदन गर्ने लगायतका क्रियाकलापहरूले आजभोलि निकै व्यस्त बनाएको छ ।
भारत लगायत तेस्रो मूलक बाट ठाटिकाँध गाउँपालिकामा कति जना नागरिक भित्रिए ?
करिब १३०० भन्दा बढी आई सकेका छन् र अझै फाट्टफुट्ट आउने क्रम निरन्तर जारी छ ।
भारतबाट आएकाहरू लाई कसरी राख्नुभयो ?
सबैलाई सार्वजनिक विद्यालय र खुल्ला चौरमा पाल मुनी आलग अलग समूहमा व्यवस्था गरी अनिवार्य १४ दिन सम्म क्वारेन्टाईनमा राखेर द्रुत परीक्षण विधिबाट जाँच गरियो र समूहमा सबैको नतिजा नेगेटिभ आएकालाई थप २१ दिनको सेल्फ होम क्वारेन्टाईनमा बस्ने निर्देशन बमोजिम राजी गराई घर फिर्ता गरियो साथै कुनै समूहमा कसैलाई नतिजा पोजेटिभ आएमा पोजेटिभ आएका व्यक्तिहरूलाई आइसोलेसनमा राखेर पी.सी.आर परीक्षणको लागी स्वाब संकलन गरी जाँचको लागी पठाइयो र उक्त समूहका अन्य व्यक्तिहरूलाई तिनीहरूको पी.सी.आर. को नतिजा नआएसम्मका लागी थप ५ दिन सोही क्वारेन्टाईनमा राखियो र नतिजाको आधारमा ५ देखी ७ दिनपछि थप २१ दिनको सेल्फ होम क्वारेन्टाईनमा बस्ने निर्देशन बमोजिम राजी गराई घर फिर्ता गरियो र पी.सी.आर. पोजेटिभ आएका आइसोलेसनमा राखिएका व्यक्तिहरूलाई थप १४ दिनपछि दोस्रो परीक्षण गरी नतिजाको आधारमा आइसोलेसनमा अनिवार्य २१ दिन राखी त्यस पश्चातःको थप २१ दिनको सेल्फ होम क्वारेन्टाईनमा बस्ने निर्देशन बमोजिम राजी गराई घर फिर्ता गरियो ।
भारत बाट आएकालाई त्रिपाल टाँसेर राखेको तस्बिर सामाजिक सञ्जालमा व्यापक भयो । के साँच्चिकै गाउँपालिकाले उनीहरूलाई कुसुम बिछ्याएर राखेकै हो त ?
यो सरासर झुटो कुरा हो । प्राथमिक स्वास्थ्य केन्द्रको हाताभित्र निर्माणाधीन ढलान गर्न बाँकी रहेको भवनको हलमा भुईँमा चिसो नलागोस् भनेर कुसुम बिच्छाएर त्यसको माथि पाल र पालभन्दा माथि पी.फर्म र तन्ना र सिरानी सहित ओढ्ने कपडा समेतको व्यवस्था गरिएकोमा हामीलाई बदनाम गर्ने मनसायले अन्य कपडाहरू उठाएर कुसुम मात्र देखिने गरी फोटा सार्वजनिक गरेको हुनसक्छ । वास्तवमा हाम्रा भौतिक संरचनाहरूको क्षमता भन्दा बढी सङ्ख्यामा व्यक्तिहरू एकै पटक पालिकामा आएको समयमा दुरी कायम गराई राख्ने व्यवस्था गर्दा छानो सहितका भवनहरूको अभावमा तत्काल गरिएको व्यवस्थापनमा हुन सक्छ केही कमीकमजोरीहरू तर पालिकाले केही गरेन भन्नु निराधार अफवाह हल्ला मात्र हो । हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरु , पालिकाका अन्य कर्मचारीहरू र जनप्रतिनिधि त्यति बेला कैयौँ रात नसुतेर समयमा नखाएर निरन्तर खटिएको ब्यहोरा आम जगतमा ताजा छ ।
प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा डाक्टर नभएको धेरै भयो । डाक्टर नहुँदा कस्ता खालका समस्याहरू भोग्नुभयो ?
हो लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना मे.अ. डाक्टरको दरबन्दी भएर पनि हाल समायोजनले रिक्त छ । यसका लागी समाचारहरू धेर्र बने तर काम भएन । यस्तो विषम परिस्थितिमा डाक्टरको अनिवार्य उपस्थिति हुनुपर्नेमा पारामेडिक र नर्सिङ कर्मचारीहरूको भरमा समग्र व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ । डाक्टर व्यवस्थापनका लागी गाउँपालिकाको तर्फबाट प्रदेश र सङ्घमा निरन्तर पत्राचार र बेलाबेलामा गाउँपालिकाका अध्यक्षज्यूबाट प्रत्यक्ष भेटघाट, अनुरोध गर्दा पनि हालसम्म कुनै प्रतिक्रिया नआएकोले अझै डाक्टर आउने कुरा अनिश्चित छ ।
गाउँपालिकाले डाक्टर लिन नसकेको हो की कि डाक्टर आउन नमानेको हो ?
विगतमा यस प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर विकास साहले करिब २ वर्ष भन्दा बढी समय खुसीसाथ सेवा प्रदान गर्नुभएको थियो । तत्पश्चात् यहाँ कार्यरत डाक्टर अनिल खरेल समायोजन भई अन्यत्र जाने भएपछि हामीले उहाँलाई यतै राख्नको लागी सबै ठाउँमा अनुरोध गरेको हो र उहाँ पनि बसेर सेवा दिन तत्पर नै हुनुहुन्थ्यो तर समायोजन संशोधन भएन र जानुभयो । त्यसपछि अर्को डाक्टर कताबाट व्यवस्था गर्ने अन्यौलता छ । खै दरबन्दी भएको स्थानमा नेपाल सरकारले नै पदपूर्तिको व्यवस्था गराउनुपर्ने हो । त्यसैले डाक्टर लिन नसकिएको वा आउन नमानेको भन्दा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले पठाउन नसकेको हो ।
वडामा स्वास्थ्यकर्मीको अभाव छ कि कसरी व्यवस्थापन गर्नुभएको छ ?
दरबन्दीमा व्यवस्था भए बमोजिमका स्थायी सेवाका कर्मचारीहरू पदपूर्ति छैनन् र रिक्त रहेका दरबन्दीमा तल्लो तह र बहुमत करार कर्मचारीहरूबाट हाल सेवा प्रदान भइरहेको छ । तालीम प्राप्त जनशक्तिहरू समायोजनले अन्यत्र गइदिँदा पहिले प्रदान भई रहेका केही सेवाहरू प्रभावित भएका छन् र पर्याप्त दरबन्दी अभावको बाबजुद गाउँपालिकाले अनुदान प्रक्रियाबाट स्वास्थ्य संस्थाहरू सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
गाउँपालिकाले औषधी कसरी र कति मात्रामा गरेका छ ?
औषधी तथा अन्य स्वास्थ्य सामाग्रीहरू आवश्यक मात्रामा व्यवस्थापन भइरहेको छ ।
कोरोना मापनका लागि आवश्यक पर्ने उपकरणको व्यवस्थापन कस्तो छ ?
हामीसँग परीक्षण सामाग्रीहरू आवश्यक मात्रामा पर्याप्तता मौज्दात छन् ।
गाउँपालिकाले निर्माण गरेका आइसोलेसन र क्वारेनटाइन मापदण्ड विपरीत छन् भन्ने छ नि के हो ?
हो स्वाभाविक कुरा हो । स्थानीय स्तरमा सहरिया प्रकृतिको क्वारेनटाइन बेड राख्न हाम्रो तागत तथा संरचनाले साथ दिने कुरा भएन । नागरिकहरू एकै चोटि ठुलो सङ्ख्यामा भित्रिएपछि व्यवस्थापन गर्न अलि कठिनाइ मात्र भएको हो । यो समस्या सबै ठाउँमा छ । सबै व्यवस्था मापदण्ड विपरीत छैनन् हाम्रो स्तरमा गर्न सकिने व्यवस्था पर्याप्तता गरिएको छ । त्यसैले त हाम्रो पालिकामा कोरोनाको परीक्षण सबैलाई गरिएको भएता पनि सङ्क्रमितहरू न्यून सङ्ख्यामा देखिए र केही मात्र पोजेटिभ केश देखिएकोमा हाल सबै निको भएर अहिले क्वारेनटाइन र आईसोलेसन स्थानहरू क्रमशः खाली भई रहेका छन् ।
कोरोना सङ्क्रमणका बिचमा खोप कार्यक्रमहरू कसरी सञ्चालन गर्नुभयो ?
चैत्र र वैशाख महिनामा खोप उपलब्ध भएन र जेठमा कोरोनाको व्यवस्थापनले चलाउन सकिएन र असारमा सहजै व्यवस्थापन गरी सञ्चालन भयो ।
कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरूका लागि सघ र प्रदेश र स्थानीय सरकारले कस्ता खालका कार्यक्रम ल्याउनु पर्ला ?  कोरोना सङ्क्रमण जस्ता अन्य महामारीहरूको व्यवस्थापनमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीहरूका लागी जिम्मेवारी तथा सकारात्मक मोटिभेसनका साथ कार्यसम्पादन गर्न÷गराउन सङ्घ, प्रदेश र स्थानीय सरकारले बाट जोखिम भत्ता, प्रोत्साहन लगायतका सुविधाका लागी समयमानै स्पष्ट मार्ग निर्देशन र बजेटको व्यवस्था हुनुपर्छ ।
गाउँपालिकामा बहुक्षेत्रिय पोषण कार्यक्रम सञ्चालन भएको छ त्यसमा बाट के के काम गर्नुभयो ?
उत्तर ः पोषण व्यवहार परिवर्तन सम्बन्धी थुप्रै क्रियाकलापहरू सञ्चालन भएका छन् । जस्तै पोषण कर्नरको स्थापनाको लागी सामाग्री व्यवस्थापन, सार्वजनिक स्थलहरूमा व्यवहार परिवर्तन सम्बन्धी रङ्गिन बोर्ड राखिएको छ । उच्च प्रविधियुक्त हात धुने स्थान, कृर्षि तथा पशुपक्षी विकास शाखाबाट हजार दिने आमाहरुकोे पोषण स्थितिमा सुधारका क्रियाकलापहरू सञ्चालन भई रहेका छन् । शिक्षा विकास शाखा मार्फत विद्यालय तथा समुदाय स्तरमा महिनावारी स्वच्छता व्यवस्थापनका लागी सेनिटरी प्याड निर्माण तथा क्षमता विकास तालीम सम्पन्न भएको छ ।
गाउँ सभा बाट स्वास्थ्य क्षेत्रमा कति बजेट विनियोजन गर्नुभयो ।
आगामी आ.ब.को लागी गाउँपालिकाको स्वास्थ्य क्षेत्र विकासका लागी नीति तथा योजनाहरू पेस भएका छन् कार्यक्रमहरू र बजेटको कार्य प्रक्रियामा छ । सायद स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र रहेछ भन्ने कुरा सबैलाई जानकारी भएकै छ ।

जिल्लाका अन्य पालिकामा भन्दा ठाटिँकाध गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या कम छ । परीक्षण कम भएर कम देखिएको हो वा साँच्चिकै कम देखिएको हो ।
उत्तर ः क्वारेन्टाईनमा बसेका सबैको अनिवार्य च्म्त् विधिबाट परीक्षण कार्य गरिएको छ । च् म्त् च्म्त् पोजेटिभ आएकालाई तत्काल आइसोलेसनमा राखेर तिनीहरूको र संलग्न स्वयंसेवक तथा स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको अनिवार्य एऋच् परीक्षणको लागी क्धबद संकलन गरेर प्रदेश अस्पताल सुर्खेतमा पठाएर नतिजा मुल्याङ्घन गरिएको छ । त्यसैले परीक्षण कार्य सबैको गरिएको हो र भगवान् भरोसा पछि के कस्तो हुने हो तर हालसम्म हाम्रो पालिकामा सङ्क्रमितको सङ्ख्या नै कम देखिएको हो ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
धन्यवाद हजुर ! भन्ने कुराहरू त धेरै छन् । बाँकी कुरा अर्को पटक ल…….।

.