Loading... आजः मङ्लबार, मंसिर १८, २०८१
Trending

कोरोना महामारीमा टोलमै पुगेर शिक्षण सिकाई


दैलेख : विद्यार्थीलाई कोरोनाका जोखिम बाट जोगाउन विद्यालय बन्द गर्दा सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीहरूका लागि अनलाइन कक्षा र सामुदायिक विद्यालयले एफएम रेडियो बाट शिक्षा दिने प्रयास गरे पनि प्रभावकारी हुन नसकेको भन्दै दैलेखको गुराँस गाउँपालिकामा रहेको एक विद्यालयले विद्यार्थीलाई टोलमा जम्मा गरेर सामाजिक दुरी सहितको शिक्षण सिकाई अभियान सुरु गरेको छ ।

कोरोना भाइरस महामारीको कारण सरकारले गत चैत ११ देखि बन्द गरेको शिक्षण संस्था भदौ गते देखी सञ्चालन गर्ने तयारी गरिरहेको बेला गुराँस गाउँपालिका वडा नः ८ गर्चामा रहेको कालिका माध्यमिक विद्यालयले टोल टोलमा पुगेर सामाजिक दुरी सहितको सिकाई अभियान सुरु गरेको हो ।
कोरोना महामारीका कारण विद्यार्थीहरूलाई कक्षा कोठामा राखेर पढाउन सक्ने अवस्था नभएपछि टोलमै पुगेर कक्षा सञ्चालन गरेको विद्यालयले जानकारी दिएको छ । कालिका माध्यमिक विद्यालयका शिक्षक खुसीराम खत्रीले कोरोनाले प्रभावित बनेको पठनपाठनलाई नियमितता दिन टोलमै पुगेर शिक्षण सिकाई कक्षा सञ्चालन गरिएको बताए । उाले प्रत्येक टोलमा रहेका विद्यार्थीलाई जम्मा गरेर शिक्षक आफै टोलमा पुगेर कक्षा सञ्चालन गरिरहेको बताए । यसरी विद्यालयको क्षेत्र भित्रका टोल टोलमै कक्षा सञ्चालन गरेर विद्यार्थीलाई शिक्षा दिने दैलेख जिम्मामै पहिलो विद्यालय बनेको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेज बहादुर थापाले सरकारले पनि भदौ १ गते देखी भर्ना अभियान,विद्यार्थीको अभिलेख,पाठ्यपुस्तक वितरण गर्न बाँकी काम सक्न र विद्यालय सञ्चालनका लागि पूर्व तयारी गरिरहेको बेला गुराँस गाउँपालिकाको कालिका माध्यमिक विद्यालयले नमुना कार्य गरेको बताए । उाले टोलमै पुगेर कक्षा सञ्चालन गर्ने गरेको आफूलाई खबर गरेपछि सामाजिक दुरीलाई ख्याल गरेर कक्षा सञ्चालन गर्न निर्देशन गरेको बताए ।

गुराँस गाउँपालिकाका वडा नः ८ का अध्यक्ष पूर्णबहादुर वलीले कोरोना महामारीका कारण विद्यार्थीले सिकेको ज्ञान समेत बिर्सिने समस्या भएका कारण वडामा बैठक बसेर कक्षा सञ्चालन गर्ने सक्ने विद्यालयले टोलमै पुगेर कक्षा सञ्चालन गर्ने भनेर निर्णय समेत गरिएको बताए । उनले कालिका माध्यमिक विद्यालयले टोलमै पुगेर कक्षा सञ्चालन सुरु गरे सँगै अन्य वडामा समेत उक्त अभियान सुरु गर्न गाउँपालिका लागि परेको बताए ।

गुराँस गाउँपालिका अध्यक्ष खेम राज वलीले कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्ने सक्ने अवस्था नभए शिक्षकलाई थप पारिश्रमिक दिएर पनि टोलमै सामाजिक दुरी कायम गरी कक्षा सञ्चालन गर्ने तयारीमा रहन सबै विद्यालयलाई आग्रह गरिएको बताए । उाले विद्यालय सञ्चालन नहुँदा पनि टोलमै पुगेर कक्षा सञ्चालन गरेपछि विद्यार्थी समेत खुसी भएको बताए ।