Loading... आजः बिहिबार, माघ ८, २०७७
Trending

पत्रकार शाहीद्वारा १ लाख सहयोग

सुर्खेत :  सुर्खेतका पत्रकार रमेश शाहीले आफ्ना बुवा दलबहादुर शाहीको स्मृतिमा मृगौलापीडित व्यक्ति र साझा घरलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । तीनजना मृगौला पीडितलाई ३०–३० हजार रुपैयाँका दरले र वीरेन्द्रनगर–९ स्थित साझा घर नेपाललाई १० हजार रुपैयाँ सहयोग गरेका हुन् । गुर्भाकोट नगरपालिका– ५ का युवराज गाहा, वीरेन्द्रनगर–२ का राम बहादुर खत्री र वीरेन्द्रनगरकै प्रभात पन्तलाई सहयोग गरेका हुन् ।

आर्थिक अभावको कारण गाहाले डायलाइसिससमेत गर्न सकेका थिएनन् । उनले वीरेन्द्रनगर जाने आउने भाडा नहुँदा बिहीबार हुने डायलासिससमेत नगरेको बताए । शाहीले आर्थिक सहयोग गर्ने भएपछि उनी शुक्रबार वीरेन्द्ननगर आएका थिए । पत्रकार शाही र उनकी आमा सरस्वती शाहीले शुक्रबार पीडितहरुलाइ उक्त रकम हस्तान्तरण गरेका हुन् । कर्णाली टाइम्स डटकमका प्रधानसम्पादकसमेत रहेका शाहीले हरेक वर्ष बुवाको स्मृतिमा यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

error: Content is protected !!