Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

बढ्दै कोरोना संक्रमणको ग्राफ


काठमाडौ :  केही दिन यता कोरोना संक्रमण पुन तिब्र रुपमा फैलिदै गएको छ । कोरोना भाइरसका ४६४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९२६ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २०७ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिले सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार ३३० रहेका छन् । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा ४२५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ८१४ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।